मंसिर ९ नेपाल । मुख्यसचिव एकनारायण अर्याल आज बाट अनिवार्य अवकाशमा हुने भएका छन । उनको आजदेखि अनिवार्य अवकाश सँगै नेपाल सरकारले उनको ठाउँमा सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरिसकेको छ । विसं २०८१ सालमा नेपालको निजामती सेवाको सर्वोच्च पद मुख्यसचिवको रुपमा सरकारले नियुक्त गरेको थियो । मुख्यसचिवका रूपमा अर्यालले देशको शासकीय मामिला, विकास व्यवस्थापन र सेवा प्रवाहको क्षेत्रमा जिम्मेवारी सम्हालेका थिए।

