मंसिर ४ नेपाल । राहादानी बिभागमा हालैका दिनहरुमा अन्तरिम व्यवस्थापन स्वरुप राहदानी वितरणमा केही कटौति गरेको छ। अन्तरिम व्यवस्थापनका लागि विभाग लगायत सम्बन्धित सबै निकायबाट प्रयास हुन गई सम्झौताको चरणमा पुगेको र अबको १-२ हप्तामै सेवा सरल हुने राहादानी बिभागले अनुमान गरेको छ ।

यसै बीच राहदानी बनाउन विभागमा आउने सेवाग्राहीहरुलाई विभिन्न प्रलोभन देखाई रकम ठगी गर्न खोज्ने प्रवृति देखा परेको र हालसम्म ठगीमा संलग्न शंकास्पद १५ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरी आवश्यक कार्यवाहीका लागि नेपाल प्रहरीमा पठाइएको छ ।

कुनै पनि बहानामा हुन सक्ने ठगी प्रति सचेत रहन र राहादानी छिटो बनाईदिन्छु भनी पैसा माग्ने, पैसा लिने कुनै शंकास्पद गतिविधिहरु गरेको पाईएमा टेलिफोन नं. ०१-५९७०३२५ र ९८५१३५२००१ (ह्वाटस एप्स) नम्बरमा सिधा सम्पर्क गर्नुहुन परराष्ट्र मन्त्रालय राहादानी बिभाग त्रिपुरेश्वरले सवै नेपाली नागरिक र सेवाग्राहीहरुलाई अनुरोध गरेको छ।