मंसिर ४ नेपाल । भदौ २३ र २४ गते जेनजी आन्दोलन पछि नेपालमा विकसित राजनीतिक घटनाक्रम र सो घट्ना लक्षित नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले भोलि काठमाडौंको माइतीघर बबरमहल बसस्टपमा जम्मा भएर नयाँ बानेश्वर सम्म रुट मार्च पास गर्ने भएको छ।
प्रमुख अतिथीमा पुर्व प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली रहने पार्टी श्रोतले जनाएको छ।
भोलिनै नेकपा एमाले पार्टीको जन संगठन संयोजक संयन्त्र अन्तरगत ´नेसनल भोलेन्टीयर फोर्स`को गठन कमान्डर पदाधिकारी सदस्यहरु समेत तोक्ने र सार्वजनिक गर्ने पार्टीको कार्यक्रम रहेको छ । प्राप्त सूचना अनुसार ´नेसनल भोलेन्टियर फोर्स`को कमान्डर-संयोजक पुष्पराज श्रेष्ठ चयन हुन सक्ने संभावना रहेको एक एमाले सदस्यले बताएका छन् ।

