मंसिर ४ नेपाल । जेनजी युवा पुस्ताद्वारा भएको प्रदर्शन पश्चात् विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्नसक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न मोबाईल नं. ९८५१३६०६०३ सहितको सहायता कक्ष गृह मन्त्रालयमा स्थापना गरेको छ।

आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव गृह मन्त्रालय द्वारा सार्वजनिक ९८५१३६०६०३ मोबाईल नम्बरमा फोन, एस.एम.एस, ह्वाट्सएप, भाईवरमार्फत जानकारी गराउनुहुन सम्बन्धित सबैमा गृहमन्त्रालयले अनुरोध गरेको छ।