मंसिर ३ नेपाल । नेपाल कम्युनिस्ट पार्टी एमालेका पार्टी महासचिव शंकर पोखरेल द्वारा आज सिमरा भएको झडप र तोडफोडको घटना प्रती दु:ख व्यक्त गरेका छन् , पोख्रेलले आफ्नो फेसबुकमा लेखेका छन ।

“आज सिमरामा भएको घटनाप्रति दुःख व्यक्त गर्दछु । नेकपा एमाले महासचिव कमरेड शंकर पोखरेल सहभागि हुने पूर्व घोषित कार्यक्रम बिथोल्न गरिएको हर्कतले मुलुकको शान्ति सुरक्षामाथि गंभीर चिन्ता उत्पन्न गरेको छ”।

“देशको एक ठाउबाट अर्को ठाउमा निर्विवाद हिडडुल गर्न पाउने तथा शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकारको सम्मान गर्न सबैमा अपिल गर्दछु ।
यास्त गतिविधिले आसन्न निर्वाचनलाई थप अन्यौल र अनिश्चय तिर धकेल्ने कुरामा सचेत रहन र शान्ति सुव्यवस्था कायम राख्न सरकारको गंभीर ध्यानाकर्षण गर्दछु”