मंसिर ३ नेपाल । सिमरा विमानस्थल आसपास क्षेत्रमा जेनजी युवाहरुको प्रदर्शन तथा राजनीतिक दल आवद्व समूहहरुको झडप भइरहेकोले सरकारी सम्पत्ति, पदाधिकारी, कर्मचारी, सरकारी कार्यालय लगायत निजी सम्पत्ति क्षति हुन नदिन साथै परिस्थिति थप विग्रन नदिन आज मिति २०८२ मंसिर ३ गते दिउँसो १२:३० बजे देखि बेलुका ८:०० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम बारा जिल्लाको जीतपुरसिमरा उ.म.न.पा. भित्रका गण्डक नहर देखि पथलैया सडक खण्ड राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म, सिमरा विमानस्थलको वरिपरि ५०० मिटर सम्मका क्षेत्रमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने ।
