मंसिर ३, नेपाल ।

बारा जिल्लाको सिमरा विमानस्थल आसपासका क्षेत्रमा उत्पन्न सम्भावित असुरक्षा तथा Zen-Z युवाहरुको प्रदर्शनका कारण स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा २०८२/०८/०३ गते दिउँसो १२:३० बजेदेखि बेलुका ८:०० बजेसम्मका लागि कर्फ्यु लागू गरिएको हो।

जनसमूहको भिडभाडले सरकारी तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउन सक्ने जोखिम देखिएकाले सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यु जारी गरिएको प्रशासनको भनाइ छ।