मंसिर ३ नेपाल । प्रहरी प्रतिवेदनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दुर्गा प्रसाद प्रसाई भएको सार्वजनिक शान्ति विरुद्धको कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा प्रतिवादी दुर्गा प्रसाईले सार्वजनिक रूपमा नेपालको संविधान तथा नेपालको विद्यमान कानून विपरीत हुने गरी सार्वजनिक शान्ति खलल पुर्याउने, मानिसलाई भड्‌काउने, उक्साउने किसिमका अभिव्यक्तिहरू दिएको भन्दै जिल्ला झापा, विर्तामोड नगरपालिका ५ घर भइ भक्तपुर बस्ने वर्ष ५५ को निज दुर्गा प्रसाद प्रसाईलाई मिति २०८२ मंसिर १ गते पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ४ को म्याद थप अनुमति लिई सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले प्रेस विज्ञप्ति जारी गरेर जनाएको छ।