मंसिर ३ नेपाल । मिति २०८१ चैत १५ गते बाँके जिल्ला राप्तिसोनारी गा.पा. २ बस्ने समिर भन्ने सरोज बिक्रम बिष्ट समेत ३ जनाले ज्यान मार्ने उद्देश्य राखि धारिलो हतियार खुकुरी प्रहार गरी मानिसलाई गम्भिर घाईते बनाई फरार रहेकोमा निजहरु विरुद्ध ज्यान मार्ने उद्योग शिर्षकमा २०८१ चैत १९ गते मुद्दा दर्ता भई सम्मानित बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा मिति २०८२ मंसिर २ गते नेपालगंज उ.म.न.पा. १२ बाट निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित बाँके जिल्ला अदालतमा पेश गरिएको ।