मंसिर २ नेपाली । लागू औषध (ब्राउन सुगर) मुद्दामा सम्मानित बाँके जिल्ला अदालतको मिति २०८१।०९।२८ गतेको फैसलाले जिल्ला बाँके जानकी गा.पा. ६ कोठारपुर बस्ने नन्दराम गडरियालाई ३ महिना कैद सजाय तोकिएकोमा निजलाई आज मिति २०८२।०८।०२ गते पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको बाके प्रहरीले प्रेस बिज्ञप्ती जारी गरेर जनाएको छ।

