मंसिर २ नेपाल । दुर्गा प्रसाईलाई पक्राउ गरिएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगको टोलीबाट अनुगमन अभिव्यक्ति स्वतन्त्रता र शान्तिसुरक्षाको सवालमा गम्भीर हुन राष्ट्रिय मानव अधिकार आयोगले सरकार सग आग्रह गरेको छ।
अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गरिएको घटनाको सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले आज अनुगमन गरेको छ। आजै आयोगको टोलीले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पुगी दुर्गा प्रसाई र सम्बन्धित प्रहरी अधिकारीहरुसँग भेट गरी जानकारी लिएको छ ।
प्रसाईंलाई राती १२.३० बजे निवास सानो ठिमी, भक्तपुरबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको, प्रहरी प्रतिवेदन अनुसार सार्वजनिक शान्तिसुरक्षा विरुद्धको अनुसन्धानका लागि पक्राउ गरिएको भनी निजलाई पक्राउ तथा थुनुवा पूर्जी दिइएको र निजको स्वास्थ्य अवस्था सामान्य रहेको आयोगलाई जानकारी प्राप्त गरेको जनाएको छ ।
बदलिंदो राजनीतिक परिस्थिति र चुनावको घोषणा समेत भैसकेको सन्दर्भमा देशमा शान्तिसुरक्षा र अमनचयन कायम राख्नु सरकारको प्रमुख प्राथमिकता हुन्छ । शान्ति सुरक्षा कायम गर्ने विषय सरकार र सुरक्षा निकायको मात्र जिम्मेवारी नभई हरेक नागरिकको समेत भएको हुँदा शान्तिसुरक्षाको कार्यमा सहयोग गर्नु नागरिकको कर्तव्य हुन जान्छ राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।
कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यवाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसतर्फ गम्भीर हुन आयोगले नेपाल सरकारलाई निर्देशन दिएको छ ।
देशको शान्ति सुरक्षामा असर पर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न आयोग राजनीतिक दल, अभियन्ता र आमनागरिकलाई राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।
