मंसिर २ नेपाल । काठमाडौं जिल्ला अदालतमा रिक्त रहेको बैतनिक कानून व्यवसायी पदमा रही काम गर्न इच्छुक अधिवक्ताहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रु.१०।- को टिकट टाँस गरी अदालतमा दरखास्त दिनुहुन अदालतले सूचना प्रकाशीत गरेको छ ।

पदः वैतनिक कानून व्यवसायी, अवधिः एक वर्ष, मासिक पारिश्रमिकः अदालतले तोके अनुसार, प्रदान गर्नुपर्ने सेवाः अदालतले तोके अनुसार, संलग्न हुनुपर्ने कागजातहरुः कानूनमा स्नातक/स्नातकोत्तर गरेको शैक्षिक प्रमाण-पत्रको प्रतिलिपि, अधिवक्ताको प्रमाण-पत्रको प्रतिलिपि, सम्बन्धित विषयमा कुनै बालिम प्राप्त गरेको भए सोको प्रतिलिपी, छनौटको किसिमः अन्तर्वाता र अदालतले तोकिएको अन्य आधारमा हुने काठमाडौं जिल्ला अदालतले जारी गरेको सूचनामा उल्लेख रहेको छ।