मंसिर २ नेपाल । जनपद प्रहरी समूहतर्फ प्रहरी नायव महानिरीक्षक पद संख्या १ मा बढुवा गर्न २०८२ मंसिर १ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई सोही समूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि बढुवा समितिको सचिवालयले सूचना प्रकाशित गरेको छ ।

