मंसिर २ नेपाल । भाद्र २४ गते भएको जेननी प्रदर्शनको नाममा बिभिन्न अपराधिक समुहद्वारा घुसपैठ भई उच्च अदालत तुलसीपुर ईजलास, नेपालगंज बाँके आगजनी, तोडफोड, लुटपाट तथा चोरी भएको सम्बन्धमा सम्मानित अदालतबाट उल्लेखित कार्यमा संलग्न दोषी उपर कानूनी कारवाहीको लागि अपराधिक उपद्रव सम्बन्धि कसूरमा जाहेरी परी कार्यालयबाट अनुसन्धान गरी उक्त कार्यमा संलग्न ब्यक्तीहरुलाई मिति २०८२ कात्तिक ३० गते नेपालगंजको बिभिन्न स्थानबाट पक्राउ गरी सम्मानित बाँके जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरीरहेको जिल्ला प्रहरी बाकेले जनाएको छ।

पक्राउ पर्नेमा जिल्ला बाँके नेपालगंज उ.म.न.पा. ४ बस्ने रवि कुमार वैश्य, सोही ठाउको वडा नं. १० बस्ने बल्लु गोडिया, सोही ठाउँको वडा नं. ९ बस्ने गंगा सागर वर्मा, सोही ठाउँको वडा नं. ५ बस्ने मो. ताहिर हलवाई, सोही ठाउँको वडा नं. ४ बस्ने एशन राज सिद्दिकी, सोही ठाँउको वडा नं. ९ बस्ने ओमराज सोनी रहेको जिल्ला प्रहरी बाकेले नाम सार्वजनिक गरेको छ ।