मंसिर १ नेपाली । डोटीमा रहेको श्री गणेश माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको २०८२ कात्तिक ३० गते बसेको बैठकको निर्णय अनुसार विद्यालयमा मा. वि. तह विज्ञान विषयको संघीय शिक्षण सिकाइ अनुदान शिक्षक १ जना आवश्यक भएकोले शैक्षिक योग्यता वि.एस्सी वा सो सरह पास गरेको, उमेरः १८ वर्ष पुरा भइ ४० वर्ष ननाघेको नेपालीहरुवाट मिति २०८२ मंसिर ६ गते भित्र दरखास्त पेश गर्नहुन बिद्यालयले सुचना प्रकासित गरेको छ ।

आवेदन दस्तुर: अक्षरुपी दुई हजार मात्र, परिक्षाको किसिम: लिखित मौखिक तथा आवश्यक भएमा प्रयोगात्मक,आवश्यक कागजातहरु:नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी २ प्रति, शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपी २ प्रति, स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति, हस्तलिखित निवेदन।
दलित, महिला, अपाङ्ग पिछडिएको वर्गका उम्मेदवारलाइ प्राथमिकता दिने बिद्यालयले जनाएको छ।