मंसिर १ नेपाल । गत भदौ २३ गते र २४ गते जेनजीहरुको बिरोध प्रदर्शनको नाममा काठमाडौं जिल्ला अदालतमा भएको आगजनी, तोडफोड समेतको घटनाबाट अदालतको भवनमा क्षति पुग्न गएको र सो क्षतिबाट अदालतको अभिलेख मिसिलहरूमा समेत क्षति भई मिसिलहरू नष्ट भएको छ।
विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२ को दफा ५ बमोजिम हाललाई २०५४ साल भन्दा पछि अभिलेख शाखामा दर्ता भएका अभिलेख मिसिलहरू पुनःप्राप्ति गर्न मिसिलसँग सम्बन्धित कागजातहरू २०८२ मंसिर २ गते देखि तीस दिन भित्र काठमाडौं जिल्ला अदालतको अभिलेख शाखामा उपलब्ध गराई सहयोग गरी दिनुहुन मुद्दाका पक्षहरू, सम्बन्धित विद्वान कानून व्यवसायीहरू, सरकारी वकिल कार्यालयहरू लगायत अन्य सम्बद्ध सरोकारवाला निकायहरू सबैमा काठमाडौं जिल्ला अदालतले सूचना जारी गर्दै अनुरोध गरेको छ।
