मंसिर १ नेपाल । एमसिसि कम्प्याक्टलाई कर छुट दिने नेपाल सरकार अर्थ मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकार, मन्त्रिपरिषद्‌ले आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपालमा शाखा दर्ता गरेर वा स्थायी संस्थापनको रूपमा दर्ता रहेका एमसिसि कम्प्याक्ट बमोजिम एमसिए-नेपालको काम गर्ने निर्माण वा सेवा प्रदायक कम्पनीको एमसिसि फन्डिङ्ग (नेपालको योगदानसमेत) बाट आर्जित आयमा आर्थिक वर्ष २०८२/८३ को लागि आयकर छुट दिने निर्णय मिति २०८२।४।१८ मा गरेको नेपाल सरकार अर्थ मन्त्रालयले सूचना जारी गरेको छ।