कात्तिक ३० नेपाल । मिति २०८२।०५।२३ र २४ गते भएको आगजनी एवं तोडफोड समेतका कारणबाट यस अदालतको भवनमा हुन गएको क्षतिको कारणवाट नष्ट भएका फैसलाको पूर्ण पाठ तयार हुन बाँकी रहेका मिसिलहरू जलेर नष्ट भएको हुँदा उक्त मुद्दाका मिसिलहरू प्राप्ति र प्रमाणीकरणका गरी फैसला तयार गरी तथा बाँकी कारवाही अगाडि बढाउनको लागि यसैसाथ संलग्न नष्ट भएका फैसला तयार गर्न बाँकी मुद्दाका मिसिलहरूसँग सम्बन्धित कागजातहरू यो सूचना प्रकाशन भएको मितिले ३० (तीस) दिनभित्र सम्बन्धित फाँटमा उपलब्ध गराई सहयोग गरी दिनुहुन मुद्दाका पक्षहरू, निजहरूले मुकरर गरेका कानून व्यवसायीहरू, सरकारी वकिल कार्यालयहरू लगायत अन्य सम्बद्ध सरोकारवाला निकायहरूमा विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२ को दफा ५ बमोजिम जिल्ला अदालत काठमाडौले अनुरोध गरेको छ ।


