कात्तिक ३० नेपाल । जिल्ला प्रशासन कार्यलय काठमाडौंले बालाचतुर्दशी पर्व (शतविजारोपण पर्व) २०८२ लाई मध्यनजर गर्दै मिति २०८२ मंसिर १ गतेदेखि मंसिर ३ गतेसम्मका लागि भगवान् श्री पशुपतिनाथ विराजित पावन पाशुपती क्षेत्र भित्र शान्ति सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले पशुपतिनाथ मन्दिरको चार किल्ला पूर्व- पशुपति क्षेत्रको तिलगङ्गा, गुहेश्वरीतर्फको पूर्वी सिमाना, पश्चिम- गौशाला, मित्रपार्क, चक्रपथ सडक, उत्तर- मित्रपार्क, उमाकुण्ड, गौरीघाट, गुहेश्वरी सडक र दक्षिण- गौशाला, तिलगंगा, चक्रपथ सडक भित्र कसैले पनि मांस, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रुपमा रोक लगाइएको छ। कोही कसैले सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।