कात्तिक ३० नेपाल । ईलाम जिल्ला रोङ गा. पा. वडा नं. २ स्थीत श्री शान्तिपुर माध्यमिक विद्यालयमा आवश्यक रहेको प्रसूति विदाको शैक्षिक क्षति न्यूनीकरणका लागि स्वयंसेवक शिक्षक/सहजकर्ता (आधारभूत तह १-५) पदमा पदपूर्ती गर्न रोङ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको मिति २०८२/०७/२८ गतेको अनुमति प्राप्त भए बमोजिम बिद्यालयको बिद्यालय व्यवस्थापन समितिको मिति २०८२/०७/२८ गतेको बैठकको निर्णयले मिति २०८२/०७/२८ गते देखी मिति २०८२/०८/०५ गते सम्म योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त दिन बिद्यालय द्वारा आह्वान गरेको छ ।
आबस्यक संख्या पद: प्राथमिक तह स्वयंसेवक/सहजकर्ता, पद संख्या एक, योग्यता :उमेर १८ बर्ष पूरा भई ४० बर्ष ननाघेको, शैक्षिक योग्यता: आइ. एड. तह वा सो सरह उत्तीर्ण, निवेदन दस्तुर रु ५०० (पाँच सय मात्र), परीक्षाको किसिम लिखित, मौखिक र आवश्यक परे प्रयोगात्मक-शिक्षक सेवा आयोगको पाठ्यक्रम बमोजिम, तलब स्केल: (प्रसूति विदाको शैक्षिक क्षति न्यूनीकरणका लागि स्वयंसेवक व्यवस्थापन कार्यविधि २०८२ बमोजिम), संलग्न कागजातहरु: शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी २/२ प्रति, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी २ प्रति, हालसालै खिचेको पासफोर्ट साइजको फोटो २ प्रति, अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति परीक्षार्थीले अन्तर्वार्तामा उपस्थित हुदा सक्कल प्रमाणपत्रहरु पेश गर्नुपर्ने, आवेदन दिने अन्तिम मिति/सम्पर्क मिति : २०८२ साल मंसिर ०५ गते शुक्रबार कार्यालय समयभित्र।

