कात्तिक २७ नेपाल । मिति २०८२ कार्तिक २१ गते जङ्गी अड्डामा आयोजित एक विशेष कार्यक्रममा सम्माननीय प्रधान न्यायाधीश श्री प्रकाशमान सिंह राउत र प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले प्राड विवाक जर्नल २०८२ को संयुक्त रूपमा विमोचन गर्नु भएको थियो ।
श्री सेना प्राड विवाक स्थापनाको ६३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा सैनिक न्याय प्रणालीको विकासमा योगदान दिनुहुने सैनिक विशेष अदालतका पूर्व सदस्य तथा पूर्व रक्षा सचिव श्री रामेश्वर दंगाल (हाल गृह सचिव) लाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा माननीय न्यायाधीशहरू, नेपाल सरकारका सचिवज्यूहरू, नेपाली सेनाका रथीवृन्द एवं अधिकृतहरूको उपस्थिति रहेको थियो । श्रोत: नेपाली सेना
