कात्तिक २६ नेपाल । मिति २०८२ भदौ २३ र २४ गते देश ब्यापी रुपमा जेन जी समुहद्धारा भएको आन्दोलनमा उच्च अदालत तुलसीपुर दाङ र अस्थायी प्रहरी पोष्ट बसपार्क तुलसीपुर दाङको कार्यालय भवनमा ढुङ्गामुढा, तोडफोड, आगजनी, लुटपाट तथा चोरी गरी क्षती पुऱ्याउने व्यक्तिहरुलाई पक्राउ गरी आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धि कसुरमा सम्मानित दाङ जिल्ला अदालतबाट पाँच दिनको म्यादथप भई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी दाङले जनाएको छ ।
पक्राउ पर्नेमा उच्च अदालत तुलसीपुर दाङमा ढुङ्गामुढा, तोडफोड, आगजनी, लुटपाट तथा चोरी संलग्न व्यक्तिहरु: जिल्ला दाङ तुलसीपुर उपमहानगरपालीका वडा नं ०७ राजापुर बस्ने बर्ष २६ को रुपेश नेपाली, जिल्ला सल्यान बागचौर न.पा. वडा नं.०२ घर भई जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.०९ बेलुवा बस्ने बर्ष १८ को सुनिल वली
अस्थायी प्रहरी पोष्ट बसपार्क तुलसीपुर दाङमा ढुङ्गामुढा, तोडफोड, आगजनी, लुटपाट तथा चोरी संलग्न व्यक्तिहरु: जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ०५ बसपार्क बस्ने अन्दाजी बर्ष २० को करण सुनार , ऐ.ऐ. बस्ने अन्दाजी बर्ष १८ को मुकेश भण्डारी, ऐ. वडा नं. ०६ शान्तीनगर टोल बस्ने अन्दाजी बर्ष १८ को ज्ञानेन्द्र गन्धर्व रहेको जिल्ला प्रहरी दाङले प्रेस बिज्ञप्ती जारी गरेर जनाएको छ।

