कात्तिक २६ नेपाल । मातृभूमि जागरण अभियान, नेपालका प्रस्तावक भिम रावल, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन नेत्ता बिच राजनीतिक सहकार्य गर्ने लिखित सहमती भएको छ। राजनीतिक सहमति पत्रमा भनिएको छ:
´नेपाली जनताको आकांक्षा तथा देशको आवश्यकता अनुरुप शासन प्रणाली, अर्थव्यवस्था, संस्कृति तथा राष्ट्रिय राजनीतिलाई अगाडि बढाउन विभिन्न समयमा शान्तिपूर्ण र संशस्त्र संघर्ष र जनआन्दोलन भए । यसवाट महत्वपूर्ण उपलव्धिहरु पनि हासिल भए। यही क्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो। तर अहिले देश अत्यन्त विषम् परिस्थिति र जटिल समस्याहरुको सामना गरिरहेको छ` ।
´राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमानको रक्षा तथा देशलाई सवल र जनतालाई समृद्ध तुल्याउनु पर्ने चुनौती छ । देश र जनताको सर्वोपरी हित एवं सुशासन, सामाजिक न्याय र आर्थिक-सामाजिक रुपान्तरणको अभिभारा छ। यही यथार्थलाई मनन गर्दै नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान, नेपालका वीच देशभक्ति तथा समाजवादको आदर्शयुक्त सशक्त र सुदृढ पार्टी निर्माण गर्न निम्नलिखित सहमतिका साथ संगठनात्मक एकीकरणमा सहमत भएका छौं`
(१) नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै वाह्य हस्तक्षेप र दवाववाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने ।
(२) समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिवद्ध रहने ।
(३) आगामी ६ महिना भित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने । महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने। सवै तहमा र मातृभूमि जागरण अभियान, नेपाल अन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने ।
(४) नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमी जागरण अभियान, नेपालका संयोजक डा. भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिवाट टुंगो लगाउने ।
(५) पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेजहरु आपसमा मिलेर तयार गर्ने ।
(६) पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने । सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने ।
(७) पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गर्ने । तीन नेत्ताले हस्ताक्षर गरेको सहमति पत्रमा उल्लेख रहेको छ।
