कार्तिक २६, नेपाल ।

गत भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनपछी ठप्प भएको काठमाडौं जिल्ला अदालतको मुद्दाहरुको तारेख सेवा आजदेखि सुरु भएको छ । मुद्दाहरुको नियमित  तारेख सुचारु भएदेखि काठमाडौं जिल्ला अदालतमा सेवाग्रहीहरुको भिडभाड बडेको छ ।

जिल्ला अदालतको मुल भवन सुरक्षित नभएको हुदा अन्य शाखा भवन र नेपाल नागरिक उड्‌ययन प्राधिकरण बबरमहलको भवनबाट उक्त सेवा सुरु भएको हो । नियमित तारेख सगै फरारी हाजिर तथा अन्य सेवा सुरु भएको छ ।

जिल्ला अदालतमा आउने सेवाग्राहीको लागि सहायता कक्ष भनि काठमाडौं जिल्ला बार एसोशियसनले हेल्प डेक्स समेत राखेको छ ।