२०८२ कात्तिक २६ नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ असोज २८ मा प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्‌काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा जारी रहेको छ।

जारी बैठकको कार्यसमितिको बैठक २०८२ कार्त्तिक २६ गते पार्टीको केन्द्रीय कार्यालय, बी. पी. स्मृति भवन, बी पी. नगर, ललितपुरमा पुन बस्दैछ ।

बैठकमा पार्टी सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू-ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, दिपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीवविक्रम शाह, प्रकाश रसाइली स्नेही, भीम पराजुली र गोमाकुमारी भट्टराईले आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।