२०८२ कात्तिक २६ नेपाल । ´२०८० सालमा नेपालका चार पार्टी सहभागि समाजवादी मोर्चा निर्माण गरेका थियौ । राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण र जनजिविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध संघर्षको पहल गर्ने उद्देश्यका साथ गठन गरेको मोर्चाले केही महत्वपूर्ण कार्यक्रमहरु पनि गर्यो । तर जुन रफ्तारमा कामहरु बढाउनु पर्ने थियो त्यो संभव बनेन` ।
´जेन-जी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणाहरुमै व्यापक फेरबदल भएका छन् । सबै राजनीतिक पार्टीहरु नयाँ खालका एकता र मोर्चावन्दिमा सहभागि बन्दै छन् । व्यापक स्तरमा नयाँ बहसहरु आवश्यक बनेका छन् र वढि पनि सकेका छन् । समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरुले एकतागरेर नेपाली कम्युनिस्ट पार्टी बनाइ सकेका छन्` ।
´
यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निस्कर्ष छ । सोही निस्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौ` । नेपाल कम्युनिस्ट पार्टीका महसचिव नेत्र बिक्रम चन्द (बिप्लव सि) ले हस्ताक्षर गरि जारी गरेको प्रेस बिज्ञप्तीमा भनिएको छ।
