२०८२ कात्तिक २५ नेपाल । जेन्जी मुभमेन्टका प्रवक्ता विजय शाह द्वारा हस्ताक्षर भएको सामाजिक संजालमा पोस्ट भएको एक प्रेस बिज्ञप्ती माग गरिएको छ ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर। उक्त प्रेस बिज्ञप्तीमा भनिएको छ:
´ऊर्जामन्त्री कुलमान घिसिङ र प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवालको सेटिङमा भारतको कम्पनी पीटीसी इन्डिया सँग ४३ करोड रुपैयाँ बराबर नोक्सानी हुने गरी गैरकानुनी विद्युत् खरिद सम्झौता गरेर देशको आर्थिक स्वाधीनता माथि खुलेआम प्रहार गरिएको छ। यो सम्झौता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको मिलेमतोमा, विद्युत् नियमन आयोगको स्वीकृति बिना गरिएको तथ्य प्रष्ट भइसकेको छ। यो कार्य सिधा-सिधा भष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री हो`।
हामी निम्न मागहरू दृढतापूर्वक राख्दछौंः
१. ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ।
२. प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ।
३. विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ।
४. राष्ट्रघाती सम्झौतामा संलग्नहरुलाई जेल हाल्न र राज्यका सम्पति फिर्ता गराउन कानुनी प्रक्रिया तुरुन्त सुरु गर्नुपर्छ।
जेन्जी विद्रोह अपहरण गरेर बनेको सरकारका मन्त्रीहरु
देशलाई लुट्न उद्दत रहेको कुरा पुष्टि भएको छ। तत्काल मन्त्रीबाट बर्खास्त गर्दै कठोर कारबाही गर्न आग्रह गर्दछौं । होइन भने कठोर सङ्घर्ष गर्न नेपाली युवाहरु बाध्य हुनेछन् ।

