२०८२ कात्तिक २४ नेपाल । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको हो । वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते अनिवार्य अवकाशमा जानू अगाडि आज सरकारले नयाँ महानिरीक्षकको रुपमा नियुक्त गरेको हो ।
