२०८२ कात्तिक २४ नेपाल । जिल्ला प्रहरी कास्की द्वारा मिति २०८२।०५।२४ गते जेन-जी आन्दोलनको क्रममा कास्की जिल्ला स्थित रहेका विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयहरु, व्यक्तिगत घर पसलहरुमा समेत आगजनी, तोडफोड तथा लुटपाट गर्ने व्यक्तिहरुको पहिचान तथा अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धानको क्रममा मिति २०८२।०७।२१ गते जिल्ला गोरखा स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ५ बस्ने वर्ष २८ को दिपक कुँवर र जिल्ला धादिङ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ५ बस्ने वर्ष २३ को दिपक राना मगरको घर कोठा बाट विभिन्न चोरीका सामानहरु बरामद गरी निजहरुलाई पक्राउ गरी कास्की जिल्ला अदालत बाट आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा दिन चार (४) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।

बरामद सामानहरुको विवरण र फोटो
१. Dell कम्पनीको CPU – ३ थान,
२. Dell कम्पनीको मनिटर १ थान,
३. किवोर्ड, माउस, ३/३ थान,
४. Canon कम्पनीको प्रिन्टर १ थान,
५. मन्टिप्लग २ थान,
६. HANNA in Struments लेखिको मेसिन सहितको डिब्बा -१ थान
७. विभिन्न व्यक्तिहरुको नाममा रहेको सवारी चालक अनुमति पत्र-३६ थान

८. बा ५९ प ८४३८ नं. को २२० सि.सि.को मो.सा- १ थान। बरमाद गरेको जिल्ला प्रहरीले प्रेस बिज्ञपति जारी गरेर जनाएको छ।