२०८२ कात्तिक २४ नेपाली । गण्डकी प्रदेशभित्रका गाउँपालिका तथा नगरपालिकामा देहायका संख्यामा करार सेवामा न्यायिक सहजकर्ता छनौट गरी कार्य गराउन योग्यता पुगेका नेपाली नागरिकले १५ (पन्ध्र) दिन भित्र कार्यालयमा आवेदन दिन सवैको लागी सूचना प्रकाशन गरेको छ । सम्बन्धी फाराम, कार्य विवरण, पारिश्रमिक, सेवाका शर्तहरु स्थानीय न्यायिक सहजकर्ता (छनौट तथा परिचालन) कार्यविधि, (पहिलो संशोधन), २०८१ मा भएको व्यवस्था बमोजिम हुने सूचनामा उल्लेख रहेको छ।
माग संख्या:१५ (पन्ध्र) जना, न्यूनतम योग्यताः नेपाली नागरिक,कानूनमा स्नातक तह उत्तीर्ण गरेको, एक्काइस वर्ष उमेर पूरा भएको, प्रचलित कानूनले अयोग्य नभएको ।
छनौट प्रक्रिया: मूल्याङ्कनको आधारः कार्यविधिमा तोकिए बमोजिम हुने। आवेदनसाथ संलग्न गर्नु पर्नेःउम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यता र चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, अनुभव तथा तालिम तथा प्रचलित नेपाल कानून बमोजिम परिषद् वा अन्य निकायमा दर्ता भएको कागजातको प्रमाणित प्रतिलिपि संलग्न हुनु पर्ने।
दरखास्त दस्तुरः १२००/-। कबुझाउने स्थानः राष्ट्रिय वाणिज्य बैंक लिमिटेड। कार्यालय कोडः ३०१००३९०१४, राजस्व शीर्षक नं.:१४२२४ खाता नं.: १०००१००२०००१००০০। दरखास्त बुझाउने स्थानः मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश ।
