२०८२ कात्तिक २१ नेपाल । ´मिति २०८२ भाद्र २३ गते जेन्जी समूहको नाममा भएको प्रदर्शनको क्रममा जनधन को क्षति प्रति संवेदनशील हुँदै भाद्र २४ गते सामान्य प्रदर्शनको रुपमा लिई विभिन्न दल समूहका केही युवा पुस्ताहरूको सहभागिता भएको देखिन्छ तर भक्तपुर सूर्यविनायक नगरपालिकाका पार्टी आवद्ध साथीहरू कुनै पनि तोडफोड र विध्वंशमा लागेका छैनन्। कदम कदाचित कहींकतै विध्वंश कार्यमा संलग्न भएको पाइएमा छानविन गरी उपयुक्त कानुनी कारबाही गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दछौं` ।
´अन्यथा नेपाली कांग्रेसका साथीहरू लक्षित गरी राजनीतिक आग्रह पूर्वाग्रह राखी निर्दोष कुनै पनि साथीहरू माथि कपोकल्पित लान्छना लगाई आरोप लगाउने, तर्साउने, धम्काउने र नेपाली कांग्रेस आबद्ध पार्टीका साथीहरूको चरित्र हत्या गरी मनोवल गिराउने कार्यहरू क्षम्य हुन सक्दैन`।
´राजनीतिक दलमाथि नै सबैतिरबाट आक्रमण भइरहेको अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्र एवं वर्तमान संविधान सम्बन्ध राजनीतिक दलका साथीहरू मित्रवत प्रतिस्पर्धा र संयम हुन हार्दिक आग्रह गर्दै मित्रवत व्यवहारमा सबै सचेत रहन हार्दिक अपिल गर्दछौं। नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमिति आफ्ना निर्दोष साथीहरु माथि गरिएको र गरिने सबै खाले आक्रमणको सामना गर्नेछ तर त्यस्तो परिस्थिति सृजना नगर्न समेत सम्बन्धित सबैमा आग्रह गर्दछ` ।नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले प्रेस बिज्ञपति जारी गरेर भनेको छ।

