२०८२ कात्तिक १८ नेपाल । कास्की प्रहरीले २०८२।०७।१७ गते पोखरा तर्फ आउँदै गरेको हाईस गाडी बाट लागू औषधको ओसार पसार भई रहेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोक स्थितमा पोखरा तर्फ आउँदै गरेको ग १ ख ४४९९ नम्बरको हाईसलाई रोकी चेकजाँच गरेर हाईसमा सवार पोखरा महानगरपालिका वडा नं. ३२ बस्ने वर्ष ३७ को बिनोद ढकाल र मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १२ सिक्रेनी बस्ने वर्ष ३८ को बिकाश लामालाई खानतलासी गरेर निजहरुको साथबाट लागू औषध खैरो हिरोईन (ब्राउनसुगर) जस्तो देखिने पदार्थ ३.८९ ग्राम सहित नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पन्ध्र दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको कास्की जिल्ला प्रहरी द्वारा प्रेस बिग्यप्ति जारी गरेर जानकारी गराएको छ।

