२०८२ कात्तिक १८ नेपाल । डाक्टर निकोलस भुसाललाई नेपाल प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती आश्रमबाट भुसाललाई पक्राउ गरेको छ। डाक्टर भुसाललाई पक्राउ गर्न काठमाडौंबाट प्रहरीको टोली परिचालन गरिएको थियो ।
भुसालले संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भदौ २३ गतेको जेनजी आन्दोलनमा दमन भएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई हत्यारा भनेको बिषय र सामाजिक संजालमा अराजक अभिव्यक्तिहरू दिएको भन्दै सोधपुछ गर्नको लागी पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ।
