२०८२ कात्तिक १८ नेपाल । सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले अदालतमा आगजनी गर्ने तोडफोड गर्नेहरुलाई छानबिन गरि कानुनी कारबाही गर्न माग गर्दै काठमाडौं जिल्ला प्रहरीमा जाहेरी दर्ता गरेका छन् ।
जेनजीको प्रदर्शनको क्रममा भएको तोडफोड र आगजनीको घटना अनुसन्धान गर्न भन्दै काठमाडौं जिल्ला अदालत र सर्वोच्च अदालतले प्रहरी कार्यलय काठमाडौंमा जाहेरी दिएका हुन् ।
दुवै अदालतका तर्फबाट जाहेरी परे सगै आगजनी तोडफोड गर्ने कार्यमा संलग्नको खोजी गर्ने, अनुसन्धान गर्ने कार्य तिव्ररूपमा अगाडि बढाईने प्रहरी श्रोतले जनाएको छ।
अदालत तोडफोड गर्ने आगजनी गर्नेहरूको पहिचान गरेर कानुनी दायरामा ल्याउनका लागि प्रहरी जुटेको छ । भदौ २३ र २४ भदौमा भएको जेनजीको प्रदर्शनको क्रममा सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतमा भएका कागजपत्र जलेर ठूलो क्षति भएको थियो भने महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए ।
