२०८२ कात्तिक १७ नेपाल । “न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा, सामाजिक परिवर्तन युवाको कार्धंमा” भन्ने मूल नारालाई आत्मसाथ गर्दै अगाडि बढीरहेको राष्ट्रिय युवा संघ नेपाल त्याग, बलिदान र संघर्षको जगमा स्थापना भएको व्यहोरा सर्वविदितै छ । हिजो लोकतन्त्र र राजनितिक हक अधिकार प्राप्तिको लडाईमा अग्रभागमा रहेको यो संगठन आज विकास र समृद्धिको यात्रामा समेत नेतृत्वदायी भूमिकामा अगाडि बढीरहेको छ। आज देशका सम्पूर्ण न्यायप्रेमी, प्रगतीशिल तथा राष्ट्रवादी युवाहरु यस संगठनको झण्डामुनी गोलवन्द भई युवाहरुलाई राष्ट्र निर्माणको संवाहककारुपमा स्थापित गर्नको निम्ति क्रियाशिल रहेका छन् ।

यसै सन्दर्भमा गत भदौ २३ र २४ गते जेन्जी आन्दोलमा शहिद हुनुभएका मृतक आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरुप्रति शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

यस्तो परिस्थतीमा नविनता, श्रृजनशिलता र गतिशिलतालाई आधारस्तम्भ मान्दै भष्ट्रचारमुक्त समाज, सुशासन, समृद्धि र राष्ट्रियताको पक्षमा अविचलितरुपमा अगाडि बढ्ने प्रणका साथ अगाडि बढीरहेको राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीको मिति २०८२ कार्तिक १६ गते बसेको पदाधिकारी बैठकको अध्यक्षता कमिटीका अध्यक्ष क. कृष्ण वहादुर कुमाल, प्रमुख अतिथि नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटी सचिवालय सदस्य एवम् युवा फाँट ईन्चार्ज, संगठनका पूर्व सचिवालय सदस्य क. केशव रोका र विशेष अतिथि संगठनका केन्द्रिय सदस्य एवम् रुपन्देही जिल्ला ईन्चार्ज क. विकाश वस्नेतको उपस्थितमा भएको बैठकले गरेका समसमायिक महत्वपूर्ण निर्णहरुः

देश विखण्डनकारी, समाज भड्काउने, अराजगता सिर्जना गर्ने, सामाजिक सञ्जालमा भड्‌काउ स्टाटस तथा उश्रृङ्खल अभिव्यक्ति दिने व्यक्तिहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन नेपाल सरकारसँग माग गर्दछौं । यदि नेपाल सरकारले कानुनी कारवाहीको दायरामा नल्याए राष्ट्रिय युवा संघ नेपाल, रुपन्देही जिल्ला कमिटी कारवाही गर्न बाध्य हुनेछ

साथै, केहि दिन यता आफुलाई सामाजिक अभियान्ता बताउने रुपन्देही सैनामैना निवासी गजेडी निकोलस भुसाल (कमल) ले वक्तव्य मार्फत हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) का श्रद्धय अध्यक्ष क. केपी शर्मा ओली लगायत नेता कार्यकर्ताहरुको घर जलाउने र घर घेराउ गर्ने जस्ता अभिव्यक्ति दिएको हुँदा निजलाई नेपाल प्रहरीले तत्काल पक्राउ गरी आत्माआलोचना सहित कडा भन्दा कडा कार्वाही नगरे सम्म रुपन्देही जिल्ला प्रवेशमा निषेध गरी राष्ट्रिय युवा संघ नेपाल, रुपन्देही जिल्ला कमिटी कारवाही गर्न बाध्य हुनेछ ।

त्यसैगरी भदौ २३ र २४ गते भएको आगजनी र तोडफोड घटनामा संलग्न दोषीमाथि निस्पक्ष सत्यतथ्य छानवीन गरी अपराधीलाई नेपाल सरकारसँग कडा भन्दा कडा कारवाहीको माग राख्दछौं ।

“न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा, सामाजिक परिवर्तन युवाको काधमा”

राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख रहेको छ।