२०८२ कात्तिक १७ नेपाल । उदयपुरको वेलका नगरपालिका-१ आम्बासीबाट अवैध लागूऔषध गाँजा करिब १० किलो २ सय ३० ग्राम सहित वेलका नगरपालिका-९ बस्ने ३२ वर्षीय बल बहादुर विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले रामपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को.२ ह ४२४६ नम्बरको अटोलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी चालक बल बहादुरलाई पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ झुप्रा खोला बस्ने २४ वर्षीय मन बहादुर बादीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम र नगद १२ हजार १ सय १० रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बासकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १२ ग्राम ८ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-४ बस्ने २९ वर्षीय रोमन राई र केराबारी गाउँपालिका-१० बस्ने १९ वर्षीय पूर्ण तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।प्रहरी समाचारमा उल्लेख रहेको छ।