२०८२ कात्तिक १३ नेपाल । युवराज पौडेल निवेदक र राष्ट्रपतिको कार्यालय, शितलनिवास, काठमाडौसमेत विपक्षी रहेको रिट निवेदनमा कारण देखाउ आदेश जारी भएको छ ।

´यसमा के कसो भएको हो? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो? आदेश जारी हुनु नपर्ने कानूनबमोजिमको आधार र ‘कारण भए सोसमेत खुलाई सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १९ बमोजिम यो आदेश प्राप्त भएको मितिले बाटाको म्याद बाहेक ७ (सात) दिनभित्र प्रत्यर्थी नं. ३ को हकमा आफै वा आफ्नो कानुन बमोजिमको प्रतिनिधि मार्फत र अन्य प्रत्यर्थीहरुको हकमा महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्नु भनी यो आदेश र रिट. निवेदनको प्रतिलिपि साथै राखी प्रत्यर्थीहरुका नाममा सूचना म्याद जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा लिखित जवाफ पर्ने अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नु`। आदेशमा भनिएको छ ।