२०८२ कात्तिक ९ नेपाल । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी नायव महानिरीक्षक पद संख्या ५ (पाँच) मा बढुवा गर्न मिति:२०८२।०७/०९ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रकाशित भएको छ् ।
प्रहरी वरिष्ठ उपरीक्षक बाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा सुचिमा भूपेन्द्र बहादुर खत्री, सानु राम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले रहेका छन् ।

