२०८२ कात्तिक ९ नेपाल । संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको एक्सरसाइज क्याम्ब्रियन पट्रोल २०२५ मा सर्वोत्कृष्ट अङ्क सहित स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई प्रधानसेनापति महारथी श्री अशोक राज सिग्देलले आज मिति २०८२ कार्तिक ०९ गते जङ्गी अड्डामा आयोजित एक कार्यक्रम विच ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गर्नु भएको छ ।
अन्तर्राष्ट्रिय स्तरको सैनिक प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पुऱ्याएको योगदानको उच्च मूल्याङ्कन स्वरूप सहभागी नौ जना प्रतियोगी र एक जना व्यवस्थापक सहित दश जना सकलदर्जालाई ‘प्रधानसेनापति प्रशंसा निशान’ द्वारा सम्मान गरिएको हो । कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति रहेको थियो ।
मिति: २०८२ आश्विन १७ गतेबाट आश्विन २६ गतेसम्म मित्रराष्ट्र बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको उक्त अभ्यासमा ३३ राष्ट्रका ११७ वटा टोलीहरूको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ् ।

