२०८२ कात्तिक ८ नेपाल । आज विहान कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ५ चिल्डेल पार्क नजिकै बस्ने बर्ष ४५ को अनिल पराजुलीलाई चक्कु प्रहार गरि हत्या गरेको आभियोगमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटन बस्ने वर्ष २४ को किशोर तिमिल्सिनलाई घटनामा प्रयोग भएको १ थान चक्कु सहित पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कास्की द्वारा प्रेस बिग्यप्ति मार्फत जानकारी गराएको छ् ।

