२०८२ कात्तिक ६ नेपाल । सिन्धुली, दुधौली नगरपालिका-१४ गायोटारबाट भरूवा बन्दुक ३ थान सहित सोही ठाउँ बस्ने ५३ वर्षीय कुल बहादुर सुनुवार समेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी समाचारले जनाएको छ । (क्रान्ति)