२०८२ कात्तिक ४ नेपाल । हमासले ईजराईलमा आक्रमण गरेर कब्जामा लिएपछी मृत्यु भएका बिपिन जोसीको शव नेपाल ल्याएर राष्ट्रिय संमान सहित अन्त्येष्टि गरिएको छ् । आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ् । विपिन जोशीको सम्मानमा नेपाल सशस्त्र प्रहरीले अन्तिम सलामी अर्पण गरेको थियो ।

उनको शव इजरायलबाट हिजो कात्तिक ४ गते सोमबार नेपाल ल्याइपुर्याइएको थियो । काठमाडौंबाट नेपाली सेनाले कञ्चनपुरको भीमदत्त नगरपालिका ३ स्थित बिपिनको घरमा शव पुर्‍याइएको थियो । विपिनको घर परिवार आफन्तलाई  शव बुझाउन नेपालस्थित इजरायली दूतावासका अधिकारी र केही कर्मचारीहरु विपिनको घरसम्म पुगेका श्रोतले जनाएको छ् ।

दुई वर्षअघि अध्ययनको सिलसिलामा विद्यार्थी भिसामा ईजराईलको ´लर्न एण्ड अर्न’ कार्यक्रममा भाग लिन इजरायल पुगेका विपिन जोशीको हमास लडाकुले नियन्त्रण लिएर हत्या भएको आसंखा रहेको छ् । यद्यपि बिपिन जोशीलाई हमास लडाकुले नियन्त्रणमा लिएर हत्या गरेको हो कि हमास लडाकुले नियन्त्रण लिएर हमासले कब्जा गरीराखेको घरमा ईजरायली सेनाले गरेको मिसाईल बम आक्रमणमा परि मृत्यु भएको हो भन्ने बारे स्पष्ट जानकारी छैन् । (क्रान्ति)