२०८२ कात्तिक ३ नेपाल । आजको दिन नेपालमा मनाईने कुकुर तिहार हो ।  कुकुर एक ईमानदार प्राणी हो । आजको दिनलाई यमराजलाई खुसी पार्ने उपाय स्वरुप कुकुरलाई पुजा गर्दै यमपञ्चकको रुपमा कुकुर तिहार मनाईन्छ। आज तिहारको दोस्रो दिन पनि हो।

आजको दिन मृत्युका देवता यमराजलाई प्रसन्न पार्न कुकुरलाई पूजा गर्ने गरिन्छ। कुकुरलाई यमराजको दूत हो भन्ने मान्यता रहेको छ् । आज कुकुरलाई टीका तथा घाँटीमा फूलको माला लगाएर कुकुरलाई मन पर्ने मीठो खाना दिने चलन रहेको छ् ।

कुकुरलाई सम्मान स्वरूप मासु, दूध, अण्डा र कुकुरको खाना लगायत कुकुरलाई मन पर्ने विभिन्न खाद्य पदार्थहरू खान दिइन्छ। आजको दिन कोहि कसैले कुकुरप्रति नराम्रो व्यवहार गरेमा पाप लाग्छ भन्ने धार्मिक मान्यता रहेको पाईन्छ ।

कुकुर एक आज्ञापालक एवम् मानिस र समाजको रक्षकको रूपमा लिइन्छ । सुरक्षा निकायले विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने काममा प्रयोग गरेको देखिन्छ । विभिन्न बैज्ञानिक अध्ययन अनुसन्धान खोज गर्ने कार्य पनि कुकुर लाई प्रयोग मानिसले गर्दै आएको पाईन्छ ।

कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको पाइन्छ।
त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले विभिन्न आवाज दिएर पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहनको रूपमा पनि लिईन्छ। कुकुर तिहार नेपाल भारत नेपाली भाषीहरुले बिदेशमा रहदा समेत मनाउने गर्छन् ।कुकुर तिहारको दिन कुकुरको पुजा गरे अकालमा मृत्यु नहुने, आयु बढ्ने धार्मिक मान्यता रहेको छ। (क्रान्ति)