२०८२ कात्तिक १ नेपाल । नेपालीहरुको महान चाडपर्व शुभ दिपावली, नेपाल संवत, छठ पर्व लगायतका पर्व तथा उत्सवहरुको अवसरमा जिल्ला प्रशासन कार्यलय कास्किले देहाय बमोजिमका काम नगर्न नगराउन सूचना जारी गरेको छ् । तिहार पर्वको अवसरमा भुईचम्पा, पटका, आतिसबाजी जस्ता विष्फोटक पदार्थको आयात, ओसारपसार, विक्रि-वितरण र प्रयोग नगर्नु नगराउनु।, सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल पार्ने कानून विपरित जुवाजन्य कार्य (कौडा, गोटी तथा लड्गुरबुर्जा) नखेल्नु नखेलाउनु।, साथै, अनलाईन माध्यमबाट हुनसक्ने अबैध कारोबार र ठगीबाट बच्न उच्च सतर्क तथा सचेत रहनु।, जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी भैलो तथा नाचगान जस्ता कार्यहरु गुनासो रहित तवरले भड्किलो र अशोभनिय नहुने गरी, सार्वजनिक सवारी आवतजावत र जनजीवनलाई असर नपर्ने गरी नेपाली मौलिकता झल्कने, मर्यादित, अनुशासित र शान्तिपूर्ण रुपमा राति १०:०० बजे सम्म मात्र सञ्चालन गर्नु गराउनु ।, सार्वजनिक सवारी सञ्चालक व्यवसायीहरुले यात्रु तथा सामानको सुरक्षालाई मध्यनजर गरी सवारी आवागमनलाई व्यवस्थित, सहज र प्रभावकारी तवरले सञ्चालन गर्ने व्यवस्था मिलाउने ।, दैनिक उपभोग्य एवम् अत्यावश्यक वस्तु तथा सेवाको नियमित सहज आपूर्ति तथा विक्रि वितरणको व्यवस्था मिलाउन सम्बन्धित वस्तु त तथा सेवा प्रदायक निकाय/संस्था स्वयं उत्तरदायी एवम् जवाफदेही बनी उपभोक्ता हित संरक्षण र स्वच्छ बजार प्रवद्धनमा सहयोग गर्नु।, चाडपर्वको समयमा चोरी, ठगी, डकैती लुटपाटका घटना बढ्न सक्ने हुँदा उच्च सावधानी अपनाउनु हुन र कहीं कतै टोल छिमेकमा कानून विपरत तथा शंकास्पद गतिविधिहरु भए गरेको पाईएमा स्थानीय जनप्रतिनिधि, स्थानीय प्रहरी वा जिल्ला प्रहरी कार्यालय, कास्कीमा खबर गर्नु।, व्यवसायिक प्रतिष्ठान, होटल रेष्टुरेण्ट तथा मनोरञ्जनात्मक स्थलहरुले आफ्नो व्यापार सञ्चालन गर्दा तोकिएको समयसीमा र मापदण्ड पालना गर्नु गराउनु ।,

उल्लेखित सूचनाको उल्लंघन गरी गराई तथा मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने, हुलहुज्जत गर्ने, ठूलो आवाज निकाली ध्वानि प्रदुषण गर्ने, समाजमा आतंक फैलाउने जस्ता कार्यहरु गरे गराएको पाईएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ। जिल्ला प्रशासन कार्यलय कास्कि द्वारा जारी सूचनामा भनिएको छ् । (क्रान्ति)