२०८२ असोज ३१ नेपाल ।मिति २०८२ आश्विन २७ गतेबाट श्री पूर्वी पृतना हे.क्वा., इटहरीमा सञ्चालन भएको “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम मिति २०८२ आश्विन ३० गते समापन भएको छ ।

समापन समारोहमा पूर्वी पृतनाका पृतनापति उपरथी श्री गौरव कुमार के.सी.ले अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नुहुने सञ्चारकर्मीहरूलाई बधाई सहित प्रमाणपत्र वितरण गर्नुभयो । सोही अवसरमा विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका १३ (तेह्र) वटा एफ.एम. रेडियो स्टेसनहरूलाई प्रोत्साहन स्वरूप नगद तथा कदर पत्र प्रदान गरिएको थियो ।

सहभागी सञ्चारकर्मीहरुलाई नेपाली सेनाको विविध विषयमा जानकारी, विपद प्रतिकार्य एवं समसामयिक विषयहरूमा अन्तरक्रिया एवं स्थलगत अध्ययन भ्रमण समेत गराइएको यस किसिमको कार्यक्रमबाट देशका विभिन्न स्थानमा कार्यरत सञ्चारकर्मीहरूलाई नेपाली सेना सम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता एवं स्पष्टता हुने विश्वास नेपाली सेनाले लिएको छ । (नेपाली सेना)