२०८२ असोज ३१ नेपाल । नेकपा एमाले बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्ती उपदेश दिएका छन् ।
´एमाले सँधैका लागि सरकारबाट हटेको होइन, फर्किन्छ` अहिले हटाइएका हौं, तर पुनः आउनेछौं, भाद्र २३/२४ गतेको को घटना राज्य संयन्त्रले पनि रोक्न सकेन, अध्यक्ष एक्लैले हनुमान गदा लिएर सबै ठीक पार्ने होइन, संसद्‌ विघटन प्रतिगमन हो, यो सरकार अवैध हो, चुनाव हुनेवाला छैन,‘जेनजी’ आन्दोलन अरुले हाइज्याक गरेका हुन्, म हट्नुपर्छ कि पर्दैन — फेसबुकले होइन, कमिटीले निर्णय गर्छ,पार्टीमा प्रक्रिया हुन्छ, कमिटीको आदेश मान्छु,फेन्टा–कोकाकोला चोर्नेहरूले देश बनाउन सक्दैनन्, ‘केपी बा’ भनेकोमा मन नपरेका केहीले चरित्र हत्या गरे,हत्या गरे, समाजवादीहरू अन्यत्र बास खोज्दै नहिँड्नुहोस्, एमालेमा आउनुहोस् ।