२०८२ असोज ३० नेपाल । भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा जिल्ला अदालत काठमाडौं सर्वोच्च अदालतमा भएको तोडफोड आगजनीबाट अदालतमा रहेका बिचराधिन चर्चित मुद्दाका फाईल के भए ? यति बेला सवत्र चियो चासोको बिषय भएको छ् । अदालतमा रहेको हजारौं मुद्दाको फाईल , र चर्चित मुद्दाको फाईलको अवस्था के भएको छ् । र जलेर नष्ट भए के गर्ने भन्ने अन्तिम बृस्तित निष्कर्ष निर्णय अहिलेसम्म आईसकेको छैन् ।

काठमाडौ जिल्लामा: नक्कली भुटानी शरणार्थी प्रकरण, दुर्गा प्रसाईका तीन थान मुद्दा,६१ किलो सुन तस्करी मुद्दा, ललिता निवासमा लिखत किर्ते बाल मन्दिर जग्गा प्रकरण, सिभिल सहकारीसहित ४ हजार पीडितका मुद्दा, रवि लामिछाने र जीबी राईको सहकारी ठगी मुद्दाको मिसिल भने उच्च अदालत पाटनबाट फिर्ता आएको र सम्बन्धित फाँटमा पुऱ्याउन बाँकी रहेकाले सुरक्षित रहेको, सम्बन्धित फाँट भने जल्यो।

कास्की जिल्ला अदालतमा :रवि लामिछाने र जीबी राईको सहकारी ठगी मुद्दा।

चितवन जिल्ला अदालतमा: रवि लामिछाने र जीबी राईको सहकारी ठगी मुद्दा।

सर्वोच्च अदालतमा: भ्रष्टाचारका सबै फाइल (गोविन्दराज जोशीको फैसलासमेत), संवैधानिक इजलासका फाइल, पुष्पकमल दाहालविरुद्ध सशस्त्र द्वन्द्वको हत्याको जिम्मेवारीबारे, लाउडा प्रकरण, बागमती नदीको थप २० मिटरसम्बन्धी, सुडान काण्ड, पशुपतिनाथको जग्गा, निर्मल कुइँकेलको सहित वाइडबडी विमान खरिद, सुनील पौडेल र विकल जोडिएका निवेदनहरू, पूर्वसांसद इच्छाबहादुर तामाङको निवेदन,रेशम चौधरीको माफीविरुद्ध शारदा कडायतले दायर गरेको मुद्दा, मैना सुनुवारको हत्यासम्बन्धी, एनसेलको करसम्बन्धी मुद्दा, सिक्टा सिँचाइ बबई पुल निर्माणमा भ्रष्टाचार सम्बन्धि फाईल। (क्रान्ति)