२०८२ असोज ३० नेपाल ।आगामी प्रतिनिधिसभा निर्वाचन तयारीका सन्दर्भमा निर्वाचन आयोगले आज प्रमुख राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ।

केहीबेर अघिबाट सुरु भएको छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, एमालेबाट गुरु बराल, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ, रास्वपाबाट कविन्द्र बुर्लाकोटी, र एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे लगायतका नेताहरू सहभागी छन्।

आयोगले पहिलो चरणमा २९ राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको जनाएको छ। यी दलहरू विघटित प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दल हुन्। आयोगमा हाल १ सय २४ राजनीतिक दल दर्ता छन्। (श्रोत:नेकपा एमालेका नेत्ता महेश बस्नेतको फेसबुक पेजबाट-क्रान्ति)