२०८२ असोज ३० गते नेपाल । भदौ २३ र २४ गते जेनजीको प्रदर्शनको क्रममा आगजनी तोडफोड हुँदा काठमाडौं जिल्ला प्रशासन कार्यलयको तत्काल बस्न अयोग्य भएको छ् ।
भवन निर्माण गर्न समय केहि लाग्ने भएपछि काठमाडौं जिल्ला प्रशासनकोबाट हुने काम काठमाडौ जिल्ला प्रशासनको अगाडी छेउमै रहेको खाद्य तथा गुणनियन्त्रण बिभागको नयाँ भवन प्रयोग गरेर काम सञ्चालन गर्ने तयारी स्वरुप जिल्ला प्रशासन कार्यलय काठमाडौंले खाद्य गुण नियन्त्रण बिभागको नयाँ भवनमा होर्डिङ बोर्ड राखिसकेको छ् ।
जलेको भवनमा बस्न योग्य कोठा प्रयोग गरेर नागरिकता, राष्ट्रियपरिचय पत्र लगाएत केही काम र नयाँ भवनबाट प्राशासन लगाएत केही काम संचालन गरिने काठमाडौं जिल्ला प्रशासन श्रोतले जनाएको छ् । (क्रान्ति)