२०८२ असोज २८ नेपाल । अखिल नेपाल किसान महासंघ द्वाराकाठमाडौं महानगरपालिकाका मेयर श्री बालेन्द्र साहले आफ्नो फेसबुक स्टाटसमा किसानलाई अपमानित गर्ने गरी “किसानझै फोहर” भनि दिइएको अभिव्यत्तिप्रति आपत्ति जनाउदै खेत व्यक्त गरेको छ् ।
´काठमाडौं महानगरपालिकाका मेयर श्री बालेन साहले आफ्नो फेसबुक स्टाटसमा किसानलाई अपमानित गर्ने गरी “किसानझै फोहर” भनि दिइएको अभिव्यत्तिप्रति अखिल नेपाल किसान महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । मुलुकको प्रमुख र आधारभुत उत्पादक शक्तिका रुपमा रहेका आम किसान समुदायलाई अपमानित गर्ने, होच्याउने र उनीहरुको स्वाभिमानमा चोट पुग्ने गरी दिइएको अभिव्यक्तिप्रति महासंघ घोर भत्सर्ना र निन्दा गर्दछ। काठमाडौं महानगरपालिकाको मेयरजस्तो जिम्मेवार पदमा आसिन व्यक्तिबाट यसप्रकारका अपमानजनक भनाई व्यक्त हुन खेदजनक छन् ।
मेयर साहलाई अभिलम्व आफ्नो स्टाटस हटाउन र किसानसँग माफीमाग्न सूचित गरिएको छ । अन्यथा निज साहको विरुद्धमा महासंघले थप कदम उठाउने समेत चेतावनी दिन चाहन्छौ । अखिल नेपाल किसान महासंघ द्वारा आज जारी प्रेस बिज्ञप्तिमा भनिएको छ् । (क्रान्ति)

